उनीहरू आए ,
रोएका हरूको आशु बटुले,
खाली पेट बसेका हरूबाट भोक बटुलेँ,
बलात्कृत हरूको अस्मिता बटुले ,
श्रमिकहरूको अत्याचार बटुले ,
बेरोजगार हरूको सपना बटुले ,
सोसित हरूको आवाज बटुले,
अनि तिनैलाई मिलाएर ,
कोहीले कविता लेखे कसैले गीत गाए,
कथा बनाइ त्यसैलाई लेखकको महिमा पाए,
त्यही पढी कोही दुःखी भए कोही चुकचुकाए,
रगत तात्यो राष्ट्रियता जाग्यो सबै
जगमगाए,
नोस्टालजीक भए कोही , कोही सुकसुकाए,
फैलियो social
media मा डिजिटल क्रान्तिकारी ल्याए,
मानिसका लागी ९ दिनमा नौलो भयो,
सेलायो २० दिनमा पुरै बिर्सिए,
मरिसकेपछि पीडितका आशाहरू अन्त्यमा,
गर्हौ मन लिई पेट पाल्न फेरि घिस्रिए,
सम्हाली नसक्नू आश्वासनका भारीहरू बोकेर,
भाग्यमै खोट रहेछ भनि आफ्नै टाउको ठोकेर,
उत्पीडित सोसित कुनामै रहिरहन्छन,
समवेदनाको व्यापारीहरू खोज्छन्,
अर्को काण्ड, अर्को आशु, अर्को तमासा,
राजनीतिकरण, ध्रुवीकरण, बजारीकरण
भावना बजारको विचलन गर्नै घृणित
सिर्जना गरिदिन्छन बजारमा अक्सर
एउटा अर्को नयाँ “सेलिब्रेटी पीडित”।
No comments:
Post a Comment