समयले
बिस्तारै भुलाउला
जुन
हेरेर बिताएका रातका पलहरू
त्यही बखत
सजाएका ती सपनाहरू
खाएका ती
कसमहरू
तर
के भुलाउला
समयले त्यही समय
सृजीत
भावनाका बाधहरू
के
मेटिएला समय सँगै
विश्वास
भरोसा र आशाहरू
जसरी
हामी खुल्दैजादाँ रातको गहिराइ सँगै
गहिराइकै
भावनाहरू निस्किरहेथे
अनि पग्लिरहेथे
पानी बनी
कुनै हजारौं
वर्षमा पग्लिएको हिमनदी सरि
के
मेटाउला समयले भावनाका नदिका डोबहरू
के बुझाउला
तिन दिले ल्याएका पहिरोहरू
जो
धेरै पछिसम्म झरिरहेथे अन्योलता बनी
अनि
मार्गदर्शन गरिरहे जिन्दगीका दोबाटोमा
के
छुटाउला समयले त्यस्ता अन्योन्याश्रित सम्बन्ध
जो
जहुदा आवास भइ रहन्छ
जो हुँदा
अत्यास छाइ रहन्छ
के भुलाउला
ती मनीषहरू
जो बहकाउनलाई
आएका थिए
जो
बहकिएर गएका थिए
समयले
बिर्साउला सायद
ती
स्पर्शका अनुभूतिहरू
त्यो सामीप्यतलको
आवासहरू
ती क्षणिक
बिछोडका हतासहरु
पहिलो
चुम्बनको स्वादहरू
तर के
भुलाउला
समयले
चुम्बनसँगै
जन्मेको एउटा हिम्मत
ती स्पर्शले
जन्माएका क्रान्तिका ज्वालाहरू
ती
सहकार्यले तुल्याएका अठोटहरू
के भुलाउला
समयले
नाघेका
समाजका लक्ष्मण रेखा
भगवानको
नियममा नअटाउला
आफैले सृजना
गरेका भगवानहरू
के
भुलाउला समयले
आफ्नो
भगवानको लागी आफैले बनाएको
भक्ति,
भजन, ग्रन्थ , गाथा
अनि
भिन्न बनिदिदा समाज भन्दा
जब
समाजले असामाजिक को बिल्ला भिराइ
बहिष्कार
गरेको थियो
हामीले
कल्पनामै सहि आफ्नै संसार बनाएका थियौ
के
भुलाउला समयले त्यो सपनाको संसार
जहाँ
हाम्रा “आइडल” खुसीहरू समेटिएका छन्
No comments:
Post a Comment