आज हामी नयाँ प्रेमको कुरा गर्ने छौं। वास्तविक जीवनमा नभेटीकन
सामाजिक सञ्जालहरू वा अन्य कुनै अनलाइन माध्यम वाट गरिने प्रेमहरू जुन वास्तविक जिन्दगीहरू
भन्दा पनि भर्चुअल संसारमा सीमित हुन्छन् त्यस्तो प्रेमलाई भर्चुअल प्रेम
भनेर परिभाषित गर्न सकिन्छ। हुनत् भर्चुअल
प्रेमलाई प्रेम नै नमान्ने जमातहरू पनि नभएका होइनन्, तर अहिलेको समयमा बढ्दै गएको यस्तो प्रवृत्तिले केही राम्रा उदाहरणहरू
पनि प्रस्तुत गरिसकेको छन्। आजको यो समयमा इन्टरनेट र सामाजिक सञ्जाल नयाँ साथीहरू
बनाउनका लागि तथा पुराना साथीहरू सँगपनि निरन्तर सम्बन्धमा रहि रहनको लागी अत्यन्त
लाभदायक भइरहेका छन्। दूरीमा टाढा रहेर पनि एकले अर्कालाई समीपमा अनुभूत गर्ने
सकिने गरि विभिन्न प्रकारका प्रविधिहरू विकसित भई सकेका छन्। यसकै नतिजा स्वरूप
आजकल एकले अर्कालाई चिन्न तथा उसका बारेमा थाहा पाउनका लागी उ सँगै बस्नु पर्छ
भन्ने जरुरी छैन। के भर्चुअल प्रेम हिजोका मुना-मदन, रोमियो जुलिएट र लैला मजनुहरुको कथाले जनाए अनुसारका पवित्र होलान् त
? यो आजको समयमा धेरैको लागि बहसको विषय
बन्ने गरेको छ। इन्टरनेट बाट हुने प्रेमले गर्दा समाजमा अनेकन् किसिमका विकृतिहरू
भरिएका छन् भन्ने कुरामा कुनै द्विधा छैन। समय समयमा प्रकाशित हुने एम.एम.एस, स्कान्डल लगायतका काण्डहरूले गर्दा हुने आत्महत्याहरूलाई
इन्टरनेट लवको दुस्परिणामको रूपमा किन सकिन्छ। पछिल्लो समयमा यी र यस्तै खाले
अनेकन् घटनाहरूले गर्दा कैयन् ले आफ्नो ज्यान गुमाउन तथा सामाजिक रूपले बहिष्कृत
हुन बाध्य भई सकेका छन्। इन्टरनेट हामीले सोचेको भन्दा गहिरो छ र यो देखिने भन्दा
निकै खतरनाक पनि छ। इन्टरनेटमा सबै छ र ती सबैमा राम्रा मात्र होइन धेरै नराम्रा कुराहरू
पनि छन्। मानीषलाई आफ्नो पहिचान मेटाएर नयाँ मान्छे बन्नका लागि यहाँ धेरै समय लाग्दैन।
अनि यस्तै फेक पहिचान बनाएर बस्नेहरुको जमातमा हामी राम्रो जानकारी विना नै गयौ
भने त्यसले हामीलाई यस्तो भुमरीमा फसाउनेछ जसबाट निस्कन को लागि हामीलाई पछि
अन्यन्तै कठिन हुन पुग्छ। यसैले यसरी इन्टरनेटका कुनै व्यक्तिहरूमा विश्वास गरी
हाल्नुभन्दा पहिले उसको बारेमा पुर्ण जानकारी लीन जरुरी हुन्छ। यदि सुरक्षित रूपले
इन्टरनेटको प्रयोग गरिन्छ भने त्यसले सम्बन्ध बनाउन धेरै नै सहयोग पुर्याउने गर्छ।
धरै मान्छेहरू जसले वास्तविक जीवनमा साथी बनाउन नसकै पनि इन्टरनेटको माध्यम बाट
धेरै साथी बनाएका उदाहरणहरू छन्। यसरी हेर्दा भर्चुअलमा बनेका मित्रहरू पनि
जिन्दगीलाई अधि बढाउनका लागी सहयोगी हुन सक्छन्।
के इन्टरनेटको माध्यम बाट हुने प्रेमहरू साँच्चिकै विश्वास योग्य हुँदैनन्
त? प्रेम हुनु भनेको आफूले आफ्नो अर्को
त्यस्तो पाटोलाई भेट्नु हो जसले मान्छेलाई पुर्ण बनाउन सक्छ। प्रेममा पस्नु पूर्व
हाम्रो खोजी भनेको आफूलाई मन पर्ने या भनौं आफ्नो बिचार सोचाई तथा इच्छा चाहन मिल्ने
मान्छेको पनि खोजी गर्नु पर्ने हुन्छ। प्रेम हुनु पूर्व हामीले त्यस्तो खोजेको जस्तो मान्छे भेट्नु जरुरी
हुन्छ। इन्टरनेटले धेरै किसिमका मान्छेहरूलाई सजिलै भेटेन सक्ने वातावरणको सिर्जना
गरिरहेको हुन्छ। आफ्नो सोचाई र विचार मिल्ने मान्छे खोज्नको निम्ति पहिलेको जस्तो
बिहे, तथा सामाजिक जमघटमा हिँड्नुपर्ने
युवा पुस्ताको बाध्यतालाई सामाजिक सञ्जालले सजिलो बनाइदिएको छ। समयानुक्रम अनुसार मनीषहरू
चुजि बनेका छन्। हामीलाई केही कुराहरू खरिद गर्नु पूर्व पहिलेको भन्दा धरै अप्सन
को जरुरत पर्छ। अनि यस्तो अवस्थामा पहिलेको जमानामा जस्तो आफ्नो बुवा आमाले
देखाएको केटा वा केटीसँग बिहे गर्नु पर्ने बाध्यतामा र निश्चित स्थानका सीमित मान्छेहरूलाई
मात्र आफ्नो प्रेमी वा प्रेमीका स्विकार गर्नुपर्ने अवस्थाबाट माथि उठेर भूगोल र
सामाजिक बन्धन नाघेर प्रेम गर्ने स्वभाव अहिले युवा पुस्तामा छ। यस्तो स्वभावले स्वतः प्रेम गर्नका
निम्ति इन्टरनेटमा भर पर्नु पर्ने बाध्यताको नै सिर्जना गरि दिएको छ। अहिलेको युगमा
समयको महत्व झनै बढेर गएको छ र हामी अनावश्यक काममा समय बर्वाद गर्न चाहन्नौ।
त्यसमाथी पनि प्रविधिले हाम्रो समयलाई धेरै हद सम्म बचाइदिने गरेको छ। धेरै समय व्यतीत
गर्नुपर्ने कामहरू पनि क्षण भरमै सम्पन्न हुन थालेका छन्। यसको असर सम्बन्ध बनाउने
तरिका पनि परेको छ यसको उदाहरणको रूपमा डेटिङ् साईट र अनलाइन म्यारिज ब्युरोमा बढ्दै
गएको युजर संख्याले पनि जनाउदछ। त्यस्ता साइटहरू अहिलेको जेनेरेसनको लागि सहज
विकल्प बनेका छन् जसले आफूले चाहेको जस्तो मान्छे भेटन र त्यस्ता मान्छेहरू सँग
सम्बन्ध बनाउनका लागी सहयोगी भूमिका बनेका छन्। यस्ता प्याटफर्महरुलाई माध्यम
मात्र बनाएर यदि हामी सतर्कता साथ अरू कदम चाल्छौ भने हामीले गलत सम्बन्धमा फस्ने
सम्भावना कम हुन जान्छ। जस्तो इन्टरनेटबाट भेटेका साथीहरूलाई इन्टरनेटमै सीमित नराखीकन
प्रतक्ष जीवनमा पनि भटने उसको अरू विवरणहरू राम्रो सँग बुझेर मात्र बोल्न सुरु
गर्ने हो भने यस्ता धेरै दुष्परिणामहरुलाई कम गर्न सकिन्छ।
No comments:
Post a Comment