मन्दिरमै भोकले कोही मरेछ
भगवान बोलाई देउ
दलितले आफै चिना कोरेछ
भगवान बोलाई देऊ
छाउपडीमा घरबाट टाढा
सारिएकी बच्चीलाई
हेर कसैले बलात्कार गरेछ
भगवान बोलाई देउ
प्रेममा परेको एउटा
ब्राम्हँण कुलको छोराले
थारू बिहे गरि जात झरेछ
भगवान बोलाई देउ
धर्मको नाममा जन्मिएको एउटा
दंगाले गर्दा
धेरै नाबालकको जीवन हरेछ
भगवान बोलाई देउ
गाउँको कुनामा बस्ने बिधुवालाई
बोक्सी भनि
सबै मिलि दिसा खुवाउनु परेछ
भगवान बोलाई देउ
No comments:
Post a Comment