हाँस्नु पनि पर्दैन तिमीले हेरि दिए पुग्छ
चाहँदैन सुन्दर ती
हातले बस केरि दिए
पुग्छ
तिमी सँग जिन्दगी नै बिताउन नपाएपनि
वर्तमानमा मीठा यादहरूले घेरि दिए पुग्छ
मेरो प्रेम पत्र अस्वीकार नै हुने भए पनि
मात्र एक कप कफीको लागि टेरी दिए पुग्छ
आफ्नो उदेश्यको गोरेटोमा तिमी लम्कि रहदाँ
मैले बोलाउँदा एकछिन बाटो फेरि दिए पुग्छ
दोबाटो आएपछि सायद छुट्नु पर्छ नै होला
छुट्नु अघि अङ्गालोमा एक फेर बेरि दिए पुग्छ
No comments:
Post a Comment