ब्रेक अप - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Friday, August 10, 2018

ब्रेक अप

टुक्रिएर झरेका ती मनहरूलाई सँगालेर
ओइलाई सकेका आशाका त्यान्द्रोहरूलाई हुर्काएर
दबेको त्यो पुरुषत्वलाई फेरि ब्यूँताउँदै
हार मानिसकेको हिम्मतहरूलाई जुटाउँदै
हराएको आफूलाई फेरिपनि बटुल्दै
निराशावादको भुमरीमा विलीन सपनाहरू
अब छुट्टै वेग लिएर उछिट्टिएका छन्
तिम्रो दुखको क्षण होला त्यो सायद
तर पनि खबरले मन बिछट्टिएका छन्
तिम्रो घृणाले जलाउन नसकेको
तिम्रो दुर्व्यवहारले पनि गलाउन नसकेको
अचेत , अमूर्त, अपरिवर्तनशील
कुनै दरबारका दीवारहरु जस्तै अढिक
मेरो तिमी प्रतिको भावना आज फेरि
नागबेलीको लहरा जसरी सलबलाई रहेछन्
तिम्रो ब्रेक अपको खबरले।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here