मन्द-मन्द छाई देऊ न फेरि यो जिन्दगीमा
त्यही साँझको ह्विस्कीको प्याला जसरी
पहिला झम्म अनि मन्द त्यसपछि बुलन्द
पहिले मौन अनि बिस्तारै विस्तारै
खुलन्द
मदहोसी नै किन नहोस् प्रेमको उचाइ नाघ्ने गरि
सपनामै सीमित होस तर सयौं जुनी
बाच्ने गरि
होस उडेपनी हामी बेहोसीको मजामा
बाच्न सकौं
खुसी मेटिए पनि नसिबबाट बिना कारण
हाँस्न सकौं
तिमि झोल बनी देउ म बोतल बनी दिउला
सपना कभर बन्नेछ, दुखको
बिर्कोले कसि दिउला
अनि बन्नेछ हाम्रो मायाको एउटा नयाँ
ह्विस्की,
थोरै-थोरै पिएर जिन्दगी
भरको लागि साँचौला,
खडेरी लाग्दा सम्बन्धमा त्यहीँ खाएर
बाचौला,
मन्द-मन्द छाई देऊ न फेरि यो
जिन्दगीमा
कुनै शरदको बेमौसमी झरि जसरी
रूखो जमिनमा धेरै पछि आद्रता पर्ने
गरि
सुक्खा-सुक्खा यो हृदयमा आशाहरू
भर्ने गरि
नयाँ पालुवालाई फेरि बढ्ने तागत
दिनेगरी
टुटेका ती मनहरूलाई फेरि राहत
दिनेगरी
जसरी त्यो माटोको गन्ध प्रकृतिमा
घुल्नेछ
लोलाएका यी नजरहरू फेरि तिमीमा
भुल्नेछ
झरीमा किसानले बाली सप्रने सपना
साँचे जसरी
लेखक झरि सम्झि कहानीहरू गाँजे जसरी
उराठ यी दैनिकीमा नयाँ रङ्ग पोत्ने
गरि
बाझो यो जिन्दगीका गराहरु जोत्ने गरि
तिमी अनगिन्ती सपना पुरा गर्ने गरि
आउने छौं
म लाई हामी बनाउने खुसीका बहार
ल्याउने छौं
मन्द-मन्द छाई देऊ न फेरि यो
जिन्दगीमा
वर्खायामको खहरे खोला उर्ले जसरी
बाटाको त्यो अवरोधलाई गर्जन सहित
बगाउने गरि,
आशाको खडेरीमा सपनाहरू जगाउने गरि,
यी सामाजिक कुरीतिहरू जरै देखी
ढाल्ने गरि,
यी वर्गीय विषमताका पर्खालहरू
पगाल्ने गरि,
तिम्रो उपस्थितिमा शोकपनि शक्ति बनोस्,
मृदुल तिम्रो बोलीमा दुनियाँको भक्ति
रहोस्,
उग्र चण्डी बनी तिमी सैतान सँग लड्न
सक्नु,
प्रेमलाई पुर्ण गराउन कठिन चढाई चढ्न
सक्नु,
खहरेले चट्टानलाई बालुवामा विलय गरे
सरि
मेटाई देउ हाम्रा प्रेमका विरोधी
नहुन् कोही वरिपरि
लेखि दिउला हामीपनि प्रेमको संविधान अनि,
फेरि आन्दोलन हुने छैन प्रेमको लागि
घरीघरी,
त्यसैले म भन्दै छु,
मेरो जिन्दगीमा मन्द सँग ह्विस्कीको
प्याला सरि आउ
शरदको बेमौसमे झरि सरि रमाउ
अनि वर्खायामको खहरे सरि पिडाहरू
हटाउ
अनि हामी जिन्दगीलाई जिउने तरिका
सिकाई दिउला
अटुट राखि हाम्रो प्रेमलाई जुनी-जुनी
टिकाई दिउला
प्रेमको बिक्री हुने समयमा अमूल्य
प्रेम बुझाई,
राखि दिउला संसारलाई प्रेम वर्षामा
रुझाई
राखि दिउला संसारलाई प्रेम वर्षामा रुझाई
No comments:
Post a Comment