भरतपुर हस्पिटलको भर्ना कक्षको बेड नम्बर दशमा म लडिरहेको थिए। तेस्रो दिन थियो, तर पनि यस्तो लागिरहेको थियो कि म मेरो जन्मकैदको विशौ बर्ष कटाईसकेको छु। अझै कति बस्नु पर्ने हो थाहा थिएन्। रोग बिषको उन्नाइस भएको जस्तो लाग्दैनथ्यो।कहिल्यै चुप बस्ने बानि नपरेको म हस्पिटलमा मुर्ति सरि बस्नुपरेको कुराले मलाई गालिरहेको थियो। मम्मिलाई म भन्दा बढि पिडाभएको थियो होला सायद एकातिर छोरा बिरामि हुनुको पिडा अर्को तर्फ राति निन्द्रा राम्रो सङ्ग सुत्न नपाउनु अनि डाक्टरले यो ले त्यो ले भन्दा गर्नु पर्ने धपरिले मम्मिको अबस्था मेरो भन्दा पनि दयनिय बनाएको थियो। आमा बन्नु सजिलो कुरा होइन रहेछ। आफ्नो सन्तानको लागि पिडाहरु लाई दवाएर मुस्कान छर्न सक्नुको अर्को परिँभाषा आमा होला। "खालि दिमाग भुतको धर" मेरो दिमागमा धेरै भुताहा कुराहरु नाचिरहेका हुन्थ्ये तर धेरै दिन सम्म पनि परिस्थितिमा परिवर्तन नआएका हुनाले हुन सक्छ ति दिमागमा चल्ने कुराहरु पनि दोहोरिइरहेर पुराना कुरा रिपिट भइ रहेको थिए। म मानसिक रुपमा बिक्षिप्त भएको थिए्। मेरो लागि सोच्ने खुराकहरु भनेका हस्पिटलमा आउने नयाँ प्यासेन्ट त कुरुवाहरुको अनुहार मात्र थियो। पहिले साथिहरुले हस्पिटलमा नर्सहरुलाई जिस्काउने गरेको कुराहरु त धेरै सुनेको थिए तर बिहान साझ नभनिकन अहोरात्र खटेर गरेको सेवाबाट म यति प्रभावित भएको थिए को मलाई उनिहरुलाई जिस्काउने हिम्मत पनि आएन। सायद मेरो अवस्था पनि जिस्काउन लायक थिएन होला। मान्छे बिरामी भएको बेला उस्ले आफुलाई संसारकै कमजोर मानिस ठान्छ अरे, सायद म आफुलाई पनि कमजोर मानिष मध्येको ठानि मौन बसेको थिए होला सायद।
हस्पिटलको माहोल सामान्य चलिरहेको थोयो तर एक्कासि गेटबाट चर्को आवाजका साथ एक हुल छिर्यो। मेरा आखाँहरुले ति अनुहारलाई पहिचान गर्न धरै समय लगाएनन्। अस्विन, महेशश्वर, अस्मि , गिता अनि प्रतिक्षा। प्रतिक्षालाई देख्न साथ मेरो मरेको जोस ब्युतिएर आयो, म झट्टपट्ट उठन लागेको थिए मम्मिले तान्दै "धेरै हिरो पल्टिनु पर्दैन" भन्दै बसाल्नु भयो। म निराश भए। म प्रतिक्षालाई देखेर तिनछक्क खाए। हरियो कुर्ता, हातमा हरियो चुरा , हात भरि मेहन्दि, त्यहि मादक चेहरा अनि मुहारमा सधै नाचिरहने त्यो मन्द मुस्कान। मेरि प्रतिक्षा, मेरो सपनाको परि अनि मेरो भविष्यको साथि, बुढेसकालको लाठ्ठि; कसरि हरियो रङ्गमा सजिएर प्रकृतिको सुन्दरतालाई नै कतै विलिन पारिदिएकि थिई। मेरो रोग आधि घटेर गएको थियो। साथिहरु सिर्जना गरिदिइको उल्लासको वातावरणले मेरो मुहारबाट हराएको खुसि धेरै दिनपछी फर्किएको देखेर मम्मिको मुहारमा पनि खुसि छाएको प्रस्टै झल्किन्थ्यो। मम्मि हामिहरुलाई छोडेर बाहिर जानु भयो। मैले प्रतिक्षालाई हरियो लगाउनुको कारण सोधे तर जवाफ बाकिको मुखवाट एकै साथ पाए "प्रतिक्षाले तेरो लागि साउनको ब्रत बसेको छ, त्यसैले"। उस्को हात तानेर छेउमा सानो अक्षरमा लेखिएको मेरो नाम देखाए। उ केहिबेर लजाई। ए साउन पो लागिसकेछ? मैेले त बिचार नै गरेको रहेनछु। पहिले पहिले साउन लाग्ना साथ दिदिहरु जङ्गलबाट मेहन्दिको पात टिपेर पिसि हातमा लगाउथे। म दिदिहरुको मेहन्दि बिगार्दिन खप्पिस थिए। सायद अहिले पनि धरमा मेहन्दि लगाउने काम भएन होला। मैले भेटन आएको दिदीको हातमा साउनको उल्लास देखिन।
विभिन्न बहाना बनाएर साथिहरु पालै पालो बाहिर निस्केर गए। अब बाकि प्रतिक्षा र म मात्र बाकि रह्यौ। एउटा बेग्लै फिलिङ्ग आउथ्यो उ र म एक्लै भएको बेला।
"तिमीलाई मेरो नाम लेख्न डर लागेन?"
"अह, प्यार किया तो डरना क्या। थाहा छ तिमीलाई मेहन्दि गाढा बस्यो भने प्रेम मजबुत हुन्छ अरे, हेर त मेरो कस्तो राम्रो बसेको छ।" उ मख्ख परेकी थिई। आजकल पाईने बजारिया मेहन्दिलाई मनमनै धन्यवाद दिए। हाम्रो प्रेम सम्बन्धलाई मजबुत बनाईदिएकोमा।
"तिमीजस्तो संसारकै सुन्दर गलफ्रेन्ड पाएपछी मजबुत भईहाल्छ नि"
"भो बडि नफुर्काउ पुग्यो , बरु थाहा छ म किन यो तिज र साउनको ब्रत बस्न लागेको थाहा छ"
"नाई, म जस्तो हेन्डसम पति पाउनका लागि होला नि"
"हे तिमि त जसरि पनि मेरै हौ नि, मैले त तिमीलाई छीटो सन्चो होस भनेर पो बसेको पो हो त, मैले तिमीलाई कति मिस गरिरहेकि थिए"
सायद उसका ति कलेजका ब्रेकहरु अनि शनिवारहरु मेरो अनुपस्थितिमा धैरै बितेका होलान। मैले जस्तै उसले पानि मलाई कति मिस गरिहोलि। मेरो सम्झनामा धेरै पलहरु बिताई होलि।

No comments:
Post a Comment