म फुल लिएर बस्नेछु डोल्मा
त्यहि ईस्लिङ्टनको हाईटमा
जहाँ पबन प्रकृतिको काखमा बिलाउथ्यो
अनि हामी त्यहि वातावरणमा
हामिले भाडाकुटि खेलेर सुरु गरेका
हाम्रा ति सुन्दर बाल्यकालहरु
ति रुखमुनि कतै गासिएका थिए
त्यहि ठाउँमा कतै नासिएका थिए
तिम्रा ति मिठा साथहरु
तिम्रा मनछुने बातहरु
फेरि पनि सुन्नका लागि म
बाबाले ल्याईदिएको हवाईजहाज बोकि
प्रत्येक शनिवारहरु जस्तै त्यो दिनपनि
हतारिदै म त्यहाँ पुगेको थिए
तिम्रा आखाँहरुले मेरा आगमनको प्रतिक्षामा
धेरै प्रहर कटाईसकेका हुन्थे
मेरो उपस्थितिले तिम्रो मुहारमा कतै
अपार खुसि जनाईसकेका हुन्थे
अनि हामि बिलाउथ्यौ आफ्नै
राजा र रानिको नगरमा
त्यो ह्रदृयको कंञ्चन बगरमा।
म फुल लिएर बस्नेछु डोल्मा
त्यहि ईस्लिङ्टनको हाईटमा
जहाँ तिमीले आफ्नो जिन्दगिको अन्तिम सास
अनि मैले आफ्नो अन्तिम खुसि फालेका थियौ
अपरिचितको त्यो आग्रहलाई
न टार्न सक्यौ त मान्न सक्यौ
के थाहा तिमीले खान्न भनेर फालेका
ति चकलेटका मुल्यहरु यति
महङ्गो पर्न जान्छन भनेर
तिमीलाई लतार्दै लादा उनिहरुले
मैले गर्न खोजेको त्यो प्रतिकार
हात्तिको मुखमा जिराको एउटा
असल उदाहरण मात्र बन्यो
अनि पछारिएको थिए त्यो जमिनमा
रक्ताम्ये शरिर लिई
नाङ्गीएको तिम्रो त्यो शरिर
अनि रित्तिएको तिम्रो अस्तित्वको
मुकदर्शक भई हेरिरहे म
एउटा विचलित पात्रसरि धेरै बेर
तिम्रा चित्कारले कसैको कानलाई छोएको भए
तिमीलाई देखेर कोहि आएको भए
तर बिधिको बिधान थियो होला सायद
तिम्रा ति मुत्न पनि गाह्रो मान्ने योनिमा
ति नरपिचासका योनाङ्गहरु मडारिरहदा
सायद भगवान मान्छेको सृष्टिको
शोक मनाउदै थियो होला
तिम्रो त्यो गुहार र चित्कार सुनेर
कामदेव पनि आफ्नो काम भङ्गगरि
मोक्षको महत्व जनाउदै थियो होला
तिम्रो के बुझ्यौ र डोल्मा योन के हो
तिमी कसैको प्यासको बलि चढिरहदा
यो समाजमा धेरै प्यासिहरु नाचिरहेथे।
बिहे भएपछी कसरि बच्चा जन्मन्छ भनेर
अच्चम पर्ने हाम्रो त्यो उमेरमा
क्यास्टिङ बिनाको तिम्रो द ईन्ड
धन्न तिमीले देखेनौ यो सारा संसारलाई
कति लिप्त छ संसार यो योनमा
गल्लि गल्लि वाट आफुलाई बेच्ने हुन वा
ति कोठिमा बेचिएकाहरु हुन
मान्छे योन र योन मान्छेमा लिप्त छ
प्रकृतिको प्रक्रिया अधि बढाउनलाई
के मान्छेको मुल्य तोकिनु पर्थ्यो र?
तिमीजस्ता अवलालाई उखेलिनु पर्थ्यो र?
कामसुख र कामबासना नभएको भए
योन सम्पर्कमा सन्तुष्टि नरहेको भए
सोच त यो संसार कति सुन्दर हुन्थ्यो होला
न तिमी संसार नै नदेखि जानु पर्थ्यो
न म तिम्रो मृत्युको शोकमा जिवन बिताउनु पर्थ्यो
म फुल लिएर बस्नेछु डोल्मा
त्यहि ईस्लिङ्टनको हाईटमा
अनि चढाउनेछु म ति फुलहरु खुसिमा
जब यि हिसांको अन्त्य हुनेछ अनि
बुझ्नेछ मानिषले योनको सुन्दरता
राख्नेछ प्यासलाई आफ्नो काबुमा
मानिषलाई योनको परिधि सिकाईनेछ
यहाँ भएका सामाजिक बन्धन फुकाईनेछ
सायद कानुनको बन्धनको डरले वा
समाज ईज्जतको भरले
मानिष आफ्नो मानवतालाई र भावनालाई
टेस्टेरोनको सेक्रेसनको उत्कर्समा पनि
बचारिराख्न सकोस अनि एउटा
अवला नारि रातको शुन्यतामा
हिडिरहदा सँगैका मानिषले
अवसर होईन जिम्बेवारि सोचुन
एउटा बच्ची सुनसान ईलाकामा
निर्भयताका साथ खेल्न सकोस
सायद त्यो दिन पृथ्बि एउटा
पापबाट मुक्त हुन्थ्यो होला।
त्यहि ईस्लिङ्टनको हाईटमा
जहाँ पबन प्रकृतिको काखमा बिलाउथ्यो
अनि हामी त्यहि वातावरणमा
हामिले भाडाकुटि खेलेर सुरु गरेका
हाम्रा ति सुन्दर बाल्यकालहरु
ति रुखमुनि कतै गासिएका थिए
त्यहि ठाउँमा कतै नासिएका थिए
तिम्रा ति मिठा साथहरु
तिम्रा मनछुने बातहरु
फेरि पनि सुन्नका लागि म
बाबाले ल्याईदिएको हवाईजहाज बोकि
प्रत्येक शनिवारहरु जस्तै त्यो दिनपनि
हतारिदै म त्यहाँ पुगेको थिए
तिम्रा आखाँहरुले मेरा आगमनको प्रतिक्षामा
धेरै प्रहर कटाईसकेका हुन्थे
मेरो उपस्थितिले तिम्रो मुहारमा कतै
अपार खुसि जनाईसकेका हुन्थे
अनि हामि बिलाउथ्यौ आफ्नै
राजा र रानिको नगरमा
त्यो ह्रदृयको कंञ्चन बगरमा।
म फुल लिएर बस्नेछु डोल्मा
त्यहि ईस्लिङ्टनको हाईटमा
जहाँ तिमीले आफ्नो जिन्दगिको अन्तिम सास
अनि मैले आफ्नो अन्तिम खुसि फालेका थियौ
अपरिचितको त्यो आग्रहलाई
न टार्न सक्यौ त मान्न सक्यौ
के थाहा तिमीले खान्न भनेर फालेका
ति चकलेटका मुल्यहरु यति
महङ्गो पर्न जान्छन भनेर
तिमीलाई लतार्दै लादा उनिहरुले
मैले गर्न खोजेको त्यो प्रतिकार
हात्तिको मुखमा जिराको एउटा
असल उदाहरण मात्र बन्यो
अनि पछारिएको थिए त्यो जमिनमा
रक्ताम्ये शरिर लिई
नाङ्गीएको तिम्रो त्यो शरिर
अनि रित्तिएको तिम्रो अस्तित्वको
मुकदर्शक भई हेरिरहे म
एउटा विचलित पात्रसरि धेरै बेर
तिम्रा चित्कारले कसैको कानलाई छोएको भए
तिमीलाई देखेर कोहि आएको भए
तर बिधिको बिधान थियो होला सायद
तिम्रा ति मुत्न पनि गाह्रो मान्ने योनिमा
ति नरपिचासका योनाङ्गहरु मडारिरहदा
सायद भगवान मान्छेको सृष्टिको
शोक मनाउदै थियो होला
तिम्रो त्यो गुहार र चित्कार सुनेर
कामदेव पनि आफ्नो काम भङ्गगरि
मोक्षको महत्व जनाउदै थियो होला
तिम्रो के बुझ्यौ र डोल्मा योन के हो
तिमी कसैको प्यासको बलि चढिरहदा
यो समाजमा धेरै प्यासिहरु नाचिरहेथे।
बिहे भएपछी कसरि बच्चा जन्मन्छ भनेर
अच्चम पर्ने हाम्रो त्यो उमेरमा
क्यास्टिङ बिनाको तिम्रो द ईन्ड
धन्न तिमीले देखेनौ यो सारा संसारलाई
कति लिप्त छ संसार यो योनमा
गल्लि गल्लि वाट आफुलाई बेच्ने हुन वा
ति कोठिमा बेचिएकाहरु हुन
मान्छे योन र योन मान्छेमा लिप्त छ
प्रकृतिको प्रक्रिया अधि बढाउनलाई
के मान्छेको मुल्य तोकिनु पर्थ्यो र?
तिमीजस्ता अवलालाई उखेलिनु पर्थ्यो र?
कामसुख र कामबासना नभएको भए
योन सम्पर्कमा सन्तुष्टि नरहेको भए
सोच त यो संसार कति सुन्दर हुन्थ्यो होला
न तिमी संसार नै नदेखि जानु पर्थ्यो
न म तिम्रो मृत्युको शोकमा जिवन बिताउनु पर्थ्यो
म फुल लिएर बस्नेछु डोल्मा
त्यहि ईस्लिङ्टनको हाईटमा
अनि चढाउनेछु म ति फुलहरु खुसिमा
जब यि हिसांको अन्त्य हुनेछ अनि
बुझ्नेछ मानिषले योनको सुन्दरता
राख्नेछ प्यासलाई आफ्नो काबुमा
मानिषलाई योनको परिधि सिकाईनेछ
यहाँ भएका सामाजिक बन्धन फुकाईनेछ
सायद कानुनको बन्धनको डरले वा
समाज ईज्जतको भरले
मानिष आफ्नो मानवतालाई र भावनालाई
टेस्टेरोनको सेक्रेसनको उत्कर्समा पनि
बचारिराख्न सकोस अनि एउटा
अवला नारि रातको शुन्यतामा
हिडिरहदा सँगैका मानिषले
अवसर होईन जिम्बेवारि सोचुन
एउटा बच्ची सुनसान ईलाकामा
निर्भयताका साथ खेल्न सकोस
सायद त्यो दिन पृथ्बि एउटा
पापबाट मुक्त हुन्थ्यो होला।
No comments:
Post a Comment