शिकारि - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Friday, June 9, 2017

शिकारि

म एक कुशल शिकारि हु। मैले टाढा टाढाका सुन्दर चरिहरुलाई पनि निशाना लगाई ढाल्न सक्छु। चरिहरुलाई कसरि पासोमा पार्नु पर्छ र कसरि तिनीहरुको शिकार गर्नु पर्छ भन्ने कुरामा मेरो अनुभब धेरै पुरानो छ। मैले कहिले बाट यसरि चरिको सिकार गर्न लागे भन्ने कुराको त आजभोली मलाई पनी सम्झना छैन तर मैले शिकार गरेका ति चरिहरुको अनुहार आज पनि मेरो मन मस्तिष्कमा ताजै छ। मेरो शिकारमा परेका धेरै चरिहरु अझैपनि घायल शरिर लिएर बजारमा यत्रतत्र हिडिरहेका छन। सायद उनिहरुको त्यो घाउलाई समयले ठिक पनि पारिसक्यो होला या उनिहरु उस्तै छन्, त्यो मलाई थाहा छैन र मैले थाहा पाउन पनि चाहिन। उनिहरुलाई पासोमा पार्नु र उनिहरुलाई सम्पुर्ण रुपमा भोगचलन गर्नु नै मेरो उदेश्य हुने गर्छ। मलाई त्यो भन्दा अरु कुनै कुराको मतलब हुने गर्दैन। चरिहरुलाई पासोमा पार्नु अधि राम्ररि चारो हाल्न जान्नु पर्छ। मैले कुनै पनि चरिको शिकार गर्नु अधि उनिहरुलाई फकाई फुलाई गर्न र आफ्नो बसमा पार्न मिठा मिठा चारोहरु हाल्ने गर्छु। यसरि चरिहरुलाई आफ्नो बसमा पार्ने काम म सगँ भएको बिशिष्ट क्षमता हो भन्ने कुरा मैले मात्र नभई धेरै सिकारिहरु अनि कैयन् चरिहरुलाई पनी थाहा छ। म आफ्नो यो बिशिष्ट क्षमताको गर्व गर्छु र म यस्को प्रयोग गरेर धेरै भन्दा धेरै चरिहरुको शिकार गरिसके,गरिरहेको छु र पछिल्ला दिनहरुमा पनी गरिनै रहने छु। जब बसन्तको सुरुवात हुन्छ, टाढा टाढा बाट नयाँ गन्तव्यमा नयाँ सपना बोकेर आएका चरिहरुको आगमन सगैँ मेरो शिकार अभियान सुरु हुन थाल्छ। म यो ठाउँमा आएकै वर्ष दक्षिण तिर बाट उडेर आएकि एउटि सुन्दर, चन्चल चरिमा मेरो आखाँ बस्यो। नयाँ ठाउमा आएको हुनाले चरिलाई यहाँको रहनसहन भाषा आदिको बारेमा केहि थाहा रहेनछ। मेरो लागी यो उपयुत्त चारो हाल्ने मौका बन्यो। सिकाउने बहाना मै बिस्तारै चरि मेरो बसमा आई। केहि समयमै मैले त्यस्को सिकार गरे उसलाई घायल बनाईदिए अनी उ पहिले देखिनै बनेको घायलहरुको लामो लाईनमा मिसिन पुगी। उ त यउटा प्रतिनीधि पात्र मात्र थिई। मैले पहिले नै भनिसके मैले घायल बनाएका चरिहरुको लाईनै छ। म यस्ता यस्ता कथाहरु साथिहरुको माझमा बढो गर्वका साथ छाति फुलाएर भन्ने गर्छु। मलाई लाग्छ चरिहरु शिकारिको निम्ति नै बनेको हुन्। उनिहरु प्राकृतिक रुपमा नै घायल हुन चाहन्छन। होईन भने किन कैयन् चरिहरु म शिकारि हु र मेरो संगत गर्यो भने घायल हुन पर्छ भन्ने थाहा हुदाँ हुदै मेरो अघिपछि उडिरहन्छन। मैले धेरै चरिलाई आफु भन्दा बढि माया गर्ने उनिहरुको निरन्तर सहयोग, सत्कार र सम्मान गर्ने मान्छेहरु देखेको छु तर ति मानिषहरुको सधैको गुनासो भनेको चरिहरु उनि प्रति किन आर्कसित हुदैनन भन्ने नै हुन्छ। चरिहरुले उनिहरुको सम्मान नगरेकोमा उनिहरुको चित्त दुखिरहेको हुन्छ। सायद उनिहरुलाई थाहा छैन होला चरिलाई सिकार गर्न माया , प्रेम होईन हतियारको आवश्यक पर्छ। उनिहरु अझै पनि त्यहि पुराना चरिहरु जुन बिहान बिहान घरको दैलोमा आएर बिहानको जानकारि दिन्थे, जस्ले चिठिहरु ओहोरो दोहोरो गरिदिन्थे त्यहि चरिहरु जस्तै आजका चरिहरुलाई उच्चतम दर्जाका छन जस्तो लाग्छ। उनिहरु समय क्रमले परिवर्तित चरिहरुको ब्यवहारसगँ परिचित छैनन्। मैले मेरो हतियारको सहाराले कैयौको पखेटा काटेको छु, धेरैको खुट्टा काटिदिएको छु। तर मलाई यस प्रति कुनै हिनताबोध छैन किन भने मैले कहिल्यै कसैलाई जबरजस्ती सिकार गरिन। म भनेरै बोलेरै भनेरै चरिहरुको शिकार गरेको हु। मलाई यस्तो कुराको कहिल्यै ग्लानि हुने छैन। किनकि मैले जिन्दगीमा कहिल्यै चरिहरुलाई प्रेम गरिन। बरु अरुले प्रेम गरेका र आफ्नो घरमा सजाउने सपना बुनिरहेका कैयौको सपनाको चरिलाई मैले सिकार गरेको छु। त्यसरि मैले सिकार गरिदिदा ती व्यक्तिहरु म देखि धेरै रिसाएका छन्। तर यस्ता कुराहरु ले पनी मलाई कुनै असर गर्न वाला छैन किनकी जब म अर्को चरिको सिकार गर्नको निम्ती म यस्ता कुराहरु सबै भुल्छु अनि सिकारमा मस्त हुन्छु।


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here