हिजो छ्यापछ्यापती बन्ने कथा
आज क्रम रोकिएको छ हेर
हिजोका ति सङ्घर्षशिल युवा
आज पराईकहाँ जोतिएको छ हेर
गर्नेको हात बाधिएको छ
तर बोल्नेको मुख खुल्ला छ
गर्ने खोज्ने गर्नै डराइहेछन
बोल्ने कतै कराईइहेछन
हिजोका ति आफु गरेर
अरुलाई केहि गर्ने सिकाउने
एउटा युगले मानेको
दुनियासाराले जानेको
मैले खोजेका मानिष
बिलिन भइसके यहाँबाट
पात्र बिलाईरहेछन कहरमा
कथाको खडेरि छ शहरमा
हिजोका र आजका ठुला
एकै छैनन् बजारका
मेहेनतको मुल्य घटिरहेछ
पैसाको मुल्य बढिरहेछ
पैसाको लागि मान्छे दिन दहाडै
मान्छे बेचिदिन्छ बजारमा
निष्ठा, आत्मसम्मान,
विवेकपनि
विकिरहेछन हेर हजारमा
ठुला मान्छे त बनिरहेछन
तर अस्तित्व मेटिएका
ति घुसखोरि सामन्तिहरु
कथा हाल्न डराइरहेछन
अनि आजकल पात्र हराईरहेछन
त्यो मेरो कथाको पात्र
बनेका छैनन् बजारमा
पात्र बिलाईरहेछन कहरमा
कथाको खडेरि छ शहरमा
हिजै जस्तो लाग्छ ति दिनहरु
ति कथाले जन्माएका हिम्मतहरु
ति कथाले ल्याएका लहरहरु
ति कथाका तरंगहरुले तरंगित
त्यो समयको समाजहरु
अनि समाजमा देखिने त्यि
विकासका लहर, परिवर्तनको लहर
आज कहानिजस्ता लाग्छन सम्झदा
हिजो बनेका ति कथाहरु
हिजो भनेका ति व्यथाहरु
अपुरो छ मेरो कथा
अधुरो छ मेरो कथा
म त्यो दिन कुरिरहेछु जहाँ
नयाँ
पात्रहरु बन्नेछन
नयाँ कथाहरु भन्ने छन
जब
फर्कि आउनेछन
गुड
छाडि उडेका पन्छीहरु
अनि
फेरि चल्नेछन मेरा
खिया
लागेका कलमहरु
अनि
बन्ने छ फेरि नयाँ कथा
व्यक्त
हुनेछन नयाँ व्यथाहरु
अनि
अन्त्य हुनेछ आखिर
त्यो
कथाको खडेरिहरु
No comments:
Post a Comment