फिक्सन लव - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Wednesday, May 17, 2017

फिक्सन लव

तिमीले मलाई पहिलो चोटि कहिले हेर्यौ त्यो मलाई थाहा भएन तर मैले तिमिलाई कलेजको भर्ना कक्षमा देखेको थिए। लाईनमा तिमी मेरो अघि थियौ। तिमिले मैले भन्दा पहिले भर्ना गर्ये। पहिलो हेराईमै त्यसवेला तिम्रो रुपले मलाई यसरि आर्कसित गरेको थियो जसरि एउटा मौरिलाई फुलले गर्छ, चुम्बकको एउटा ध्रुबले बिपरित ध्रुबलाई गर्छ, एउटा खरायोलाई गाजरले गर्छ, उडिरहेको चिललाई मैदानमा दौडिरहेको मुसाले गर्छ। त्यसपछि मैले तिमिलाई धेरै चोटि देखे। तिमीलाई प्रत्येक दिन वेन्चमा देखे, पानि खान जादाँ धारामा देखे, घरजादाँ बाटोमा देखे कलेजवाट फर्किदा देखे। जहाँपनि देख्थे तिमीलाई मैले हेरिरहेकै हुन्थे। तिमीलाई हेरेर मेरा आखाँहरु कहिल्यै थाकेनन्, आजसम्म पनि थाकेका छैनन्। जब तिमीलाई थेख्थे मलाई लाग्थ्यो हामी धेरै पहिले देखिकै परिचित हौ। युगै युग सङ्गै बाच्ने कसम खाएर धर्तिमा जन्म लिएका पौराणिक कथाका पात्रहरु जस्तो तिमीलाई देख्दा दिमागका कयौ स्नायुहरु तिम्रो परिचयलाई दिमागका मेमोरि मा खोज्न थाल्दथे तर विचराहरु कहिल्यै सफल भएनन् किनकि त्यि स्थानहरुमा तिमी कहिल्यै थिइनौ न त अरुकोहि नै थिए। बरु तिम्रो उपस्थितीहरु तिम्रो आगमनहरु तिम्रा हसाईहरुले त्यहि मेमोरिमा कहि नयाँ पार्टेसन बनाएर बसेका थिए। एक्लो छदाँ जब म ति मेमोरिलाई रिड गर्थे ति साच्चिकै रमाईला हुन्थे, मनमोहक हुन्थे, आनन्ददायि हुन्थे। म तिमीमा डुबिरहेको थिए तर तिमीलाई पत्तै थिएन। समय सङ्गै म तिमी भित्र बिस्तारै भासिदै गएको थिए। त्यो दलदलबाट म  न निस्कने सके न निस्कन खोजो।
तिमी र म एकै कक्षाका सहपाठिहरु थियौ तर कयौ दिनसम्म न तिमी म सगँ बोल्यौ न म तिमीसगँ बोले। अरुले भनेको आधारमा मैले तिम्रो नाम थाहा पाएको थिए। तिमीलाई  मेरो मनले जति सामप्यको माने पनि यथार्थमा तिम्रो र मेरो दुरि छोटिन सकेको थिएन। तिम्रो आवाज मैले एक दिन तिम्रो बेन्च अघि बस्दा  सुनेको थिए। तिम्रो आवाजमा आम नारिको आवाजमा हुनुपर्ने विशेषता थिएन, मधुरता थिएन, कोमलता थिएन  तरपनी तिम्रो त्यो दुई फलाम घोटिदा आउने आवाज जस्तो आवाज पनि मलाई सुमधुर लाग्यो, कर्णप्रिय लाग्यो। पहिले पहिले जब म यस्ता आवाजहरु सुन्थे म तिनीहरुको बिल्ला नउडाई बस्न सक्थिन। तर मेरा लागी ति आवाजहरु कोईलिको कुहु कुहु सरि भए, बिथोबिनको सङ्गीत जस्ता भए, भाबबिहोर भएर नारायनगोपालले गाएका गितजस्ता भए। थाहा थिएन किन मलाई तिम्रा हरेक चिजहरु राम्रा लाग्थ्यो। तिमीलाई सुन्दर अप्सराहरु सङ्ग तुलना गर्नु अर्थहिन थियो। तर पनि मलाई तिम्रो सुन्दरता पर्याप्त थियो। सायद म तिम्रो सुन्दरता बाट सन्तुस्ट थिएहोला । तिमी भन्दा सुन्दर नारि प्राप्तिको मलाई मोह थिएन होला वा तिमी भन्दा उत्तम पाउन सक्ने क्षमता म मा नभएर मेरो मष्तिष्कले कृतिम सिमारेखा निर्धारण गरेको थियो होला। कारण जे सुकै होस म तिमीमा आसत्त थिए। र त मलाई तिम्रा हरेक कुराहरु राम्रा लाग्थे। तिम्रा ति सधै फुटिरहने ओठहरु पनि मलाई मनमोहक लाग्न थालेका थिय। यदि म कवि भएको भए ति ओठहरुका सुन्दर सुन्दर कविता लेखिदिन्थे होला अनि तिम्रा ति ओठहरुलाई ससांरकै सुन्दर बनाईदिन्थे होला। विश्वास गर कविता पढने प्रत्येक पाठकले तिम्रो यस्तो ओठको कल्पना गर्ने छ जुन न त आजसम्म कसैको छ न त अब कसैको हुनेछ। म ति कवितामा त्यस्को सुन्दरतालाई यसरि बयान गरिदिन्थ्ये कि त्यो कविता सुन्न हावा रोकिने छ, पृथ्वि एक क्षणको लागि अटल रहने छ, समुन्द्र आफ्नो शालिनतालाई भङ्ग गरेर उग्र बन्नेछ। तिमी म भन्दा पुडकि थियौ तर त्यस्ले मलाइ कुनै असर पार्ने वाला थिएन किनकि म तिम्रो उचाई हेरेर प्रेमको उचाई निर्धारण गर्ने पक्षमा थिईन।मलाई त बस तिमी मेरो अघि बसिदिए पुग्थ्यो अनि हासिदिए पुग्थ्यो, मुस्कुराइदिए पुग्थ्यो। यदि तिम्रो केहि कुरा अरु सुन्दरिसगँ दाज्न लायक थियो भने त्यो  तिम्रो हासो नै थियो। ति हिमालका पंत्तिजस्ता सेता दातका लहरहरु देखाएर हास्दा तिमी साच्चिकै कुनै स्वर्गवाट भागेर आएको अप्सरा जस्ता देखिन्थ्यौ। तर तिमी हास्दा निस्केको आवाजले मलाईमात्र होईन धैरैलाई वाक्क दिक्क पार्न सक्थ्यो तर म त्यो हासोको यति भोगि भएको थिए मलाई आवाजको कुनै पर्वाह थिएन।
कक्षाको भाईबरको ग्रुपबाट मैले तिम्रो नम्बर लिएको थिए। तिम्रो नम्बर हेरेर म धेरैबेर घोत्लिए। कन्ट्याक्टमा तिम्रो नाम सेभ गर्ने बेला तिम्रो नाममा किन किन “प्रेमिका” लेखिदिउ जस्तो लागेको थिए तर भोलि साथिहरुको माझमा पोल खुल्ने डरले र भद्दा पुरातनवादि कहालिने भयले मैले तिम्रो बास्तबिक नाम नै लेखिदिए। मलाई थाहा थियो भोलि कुन कुन सरको कक्षा थियो तर तिमीसगँ बोल्न पाउने अभिलासाले मैले तिमीलाई पहिले चोटि म्यासेज पठाएको थिए। मेरा ति प्रश्नको सटिक जवाफ मेरो च्याटको उदेश्य थिएन तर धेरै बोल्ने आट म मा आएन। मैले धेरै कुराहरु सोध्ने प्रयास गरेको थिए। त्यस्ता असफल धेरै प्रयासहरु मैले धेरै पटक गरेको थिए। त्यसपश्चात मैले धेरै पटक बोल्ने प्रयास गर्दै म्यासेज बक्समा म्यासेज लेख्दै मेटदै गरे तर पठाउने हिम्मत कहिल्यै आएन। साथिहरु भन्थे तिमी धेरै फ्राङ्क छौ अरे, अरु सङ्ग मजाले च्याट गर्छौ अरे। तर म सगँ कहिल्यै त्यो सेन्ड बटम थिच्ने हिम्मत आएन। कहिले काहि त लाग्थ्यो मैले त्यत्तिकै म्यासेज लेखेर निधाउ अनि आफै त्यो सेन्ड बटम थिचियोस। अह् कहिल्यै त्यस्तो भएन। तिमीले सोचिरहेकि हौला म कति हिम्मत नभएको मान्छे होला। हो  म यस्तै थिए। तिमीलाई बिश्वास नलाग्न सक्छ तर मैले तिमीलाई हेरिरहेको समय तिमीले मलाई फर्केर हेर्दा म सुहागरातको नवविवाहित दुलहि सरि मुख रातो बनाउदै धेरै पटक निहुरिएको छु। हो म मेरो मन भित्रको भयको कारणले गर्दा तिमीसगँ बोल्न सकिन, तिमीलाई फल्अट गर्न सकिन, आफ्नो मनको भावना व्यक्त गर्न सकिन। यो कुराको सधै मलाई ग्लानि भईरहेछ कि म अरु सामान्य व्यक्ती सरह तिंमी सगँ प्रस्तुत हुन सकिन। म भित्रको एउटा पागल प्रेमी  भावनालाई सधै मेरो लजालु भावनाले दबाईसह्यो। म सधै दविरहे र त हामि आजपनि हामि धैरै टाढा छौ। तिमीले मलाई बुझ्न सकेको भए वा मैले तिमीलाई बुझाउन सकेको भए सायद हाम्रो सम्बन्ध जुनी जुनी टिकीरहने एउटा सम्बन्ध हुन पुग्थ्यो। सायद मुनामदन वा रोमियो जुलियटको को कथासरि हाम्रो कथा दुनियाले गुनगुनाई रहने थियो।
“हेलो महिम” तिमीले पठाएको यो म्यासेज मैले धेरै पटक पढेको थिए। तिमीले मलाई पिकनिक जाने वारेमा सोधेकि थियौ। तिम्रा लागी यो म्यासेज साथिसगँको सामान्य कुराकानीको एउटा सृङ्खला मात्र थियो होला तर यो च्याट पछि म मा तिमी सगँ बोल्नसक्ने हिम्मत आयो। मैले तिमीलाई अब यथार्थमा नजिक बनाउने मौका पाएको थिए। त्यतिबेलै त तिमीले भनेकी थियौ म तिमीलाई कक्षाको सबैभन्दा सस्पेन्स व्यक्ति लाग्छ भनेर। करिब आधि घन्टाको त्यो च्याट पछि मैले धेरै सपना देख्न थालेको थिए। तिमीलाई कथाको मुख्य पात्र बनाएर मैले पहिलै कयौ सपना देखिसकेको थिए। तर पहिलेको त्यो सपना र अहिलेको यो सपनामा धेरै फरक थियो किनभने अहिलेको सपना म तिमीसङ्ग बोलेपछि देखेको थियो जस्मा साकार हुने सम्भावना पहिलेको भन्दा केहि बढि थियो। त्यसपछि त हो म तिमीसङ्ग बोल्न लागेको। हामी कयौ घन्टा च्याट गरेका थियौ तर हाम्रो कुराकानिको बिषय बस्तु हाम्रो पढाइ र कलेजको परिवेशवाट कहिल्यै बाहिर जान सकेन। मैले लग्ने प्रयास नगरेको होईन तर तिंमी नै जान खोजिनौ। जब म सम्बन्धहरुको बारेमा कुरा गर्थे, जब प्रेमको बारेमा कुरा गर्थे तिमी  “तिमी पनि यस्तो कुरा गर्छौ” भन्दै टारिदिन्थ्यौ। “हो म यस्तै कुरा गर्छु, हो म तिमीलाई माया गर्छु। मैले तिमीलाई पहिलो दिनमा देख्दैमा तिमीसगँ प्रेममा परेको थिए” यस्ता कुराहरु म च्याटबक्समा लेख्थे पठाउने हिम्मत हुदैनथ्यो र मेटिदिन्थ्ये। तिमीले मेरा त्यस्ता प्रश्नको जवाफ दिईनौ, मैले कर गर्न सकिन। त्यसैले त मेरो तिमीप्रतिको त्यो अप्राकृतीक, असिमीत, अविश्वसनिय प्रेम विशाल मरभुमीमा गुमनाम भएको यात्रि सरि कतै सतहमै विलाई गयो।
हाम्रो सम्बन्धहरु कछुवाको चालमा अगि बढदै थिए। त्यो दिन तिमी म सङ्ग कलेजमा बोलेकि थियौ। फर्मल कुराकानीहरु नै गरेपनी त्यो छोटो कुराकनीलाई मैले सुवर्ण अवसरको रुपमा लिएको थिए। कसरि बताउ म तिमीलाई तिमी सङ्ग बोल्न पाउदा मेरो मन कती प्रफुल्लित भएको थियो भनेर। मेरो त्यो उत्साहको वर्णन गर्नको निम्ती सायद शब्दकोषका शब्दहरु पनी पर्याप्त हुदैनन्। तर मेरो त्यो उत्साह धेरै दिन टिक्न सकेन। लाग्यो मैले धेरै ढिलो गरेको थिए। तिमी अरुसङ्गै प्रेममा थियौ। सुरुमा मा त मैले कक्षामा हुने साधारण हल्ला होला भन्ने सम्झेको थिए तर तिमीहरुको दिनहुको सगैँको उठबसले मलाई तिमीहरुको सम्बन्ध मान्न बाध्य पुर्यायो। जब मैले तिमीलाई कलेज पछाडि उसको साथमा आपतिजनक अवस्थामा देखे मनमा रहेको अलिकति आशा पनी गुम्यो। मेरो मन भित्रको पागल प्रेमी त्यो दिन धेरै रोयो। सायद उ त्यो दिन नराम्ररि धायल भएको थियो र धेरै दिनसम्म पनी उत्तिकै घायल रह्यो। त्यसलाई मलम पट्टि लगाउने प्रयास मैले कहिल्यै गरिन। गरेको भएपनी सायद सफल पक्कै हुन्थिन होला। जब तिमीहरुलाई म सङ्गसङ्गै देख्थे तव यो घाउ फेरि बल्झन्थ्यो। जब तिमीलाई म च्याटमा याक्टिभ देख्थ्ये फेरि बल्झन्थ्यो। पहिले तिमी यस्तो थियौ जब म तिमीलाई देख्थे मेरो मन त्यसै प्रफुल्लित भएर आउथ्यो। तिमिलाई देख्दा मनमा अर्कै उत्साह भरिएको हुन्त्यो। समय यस्तो पनी आयो जब म तिमीलाई देख्थे मेरो मनमा अथाह पिडाहरु उत्पन्न हुन्थ्ये। त्यो पिडा महसुस गर्दा लाग्थ्यो मेरो शरिरमा हजारौ तिरहरु रोपिएका छन वा मेरो शिरलाई  शरिरबाट नै क्षद गरिएको छ।
तिम्रो र मेरो बिचमा केहि सम्बन्धहरु थिएन। तर म एकिनको साथ भन्न सक्छु उस्ले भन्दा पहिला तिमीलाई  मैले नै देखेको थिए। मेले यो भन्न खोजेको होईन कि तिमीलाई पहिलो पटक देखे भन्दैमा तिमीमा मेरो हक लाग्ने छ। तर कलेजको पहिलो दिन “हामि भर्ना गर्दा भेट भएको हैन” भन्दै तिमीसङ्ग परिचय गर्न गएको भए या त मैले त्यो सेन्ट बटमलाई पहिल्यै थिच्न सकेको भएपनी हाम्रो सम्बन्धले अर्कै उचाई लिईसकेको हुन्थ्यो होला। बोल्नेको पिठो बिक्छ भन्ने उखान जति सुने पनि मैले त्यस्लाई कहिल्यै मनन् गर्न सकिन। सायद त्यो गल्तिले मलाई पछिसम्म पनि अवश्य पोल्ने छ। जव कोहि मेरो सामु प्रेमको कुरा गर्ने छ, कहिल्यै वाटोमा यात्रा गरिरहेको क्षणमा मायाप्रेमको गीत बज्नेछ, जब कुनै सिनेमा हेर्दा रोमान्टिक दृश्य आउनेछ तिम्रो त्यो मुहार मेरो नयन भरि झल्झलि नाच्नेछन। मेरो शब्दकोषमा प्रेमको पर्यायवाची बनेर नयाँ शब्द तिम्रो नाम घुसेको छ।
सुन्दा तिमीलाई अचम्म लाग्न सक्छ तर उ मेरो कलेज जादाँको पहिलो साथि थियो। अझैपनी विश्वसनियताको साथ म के भन्न सक्छु भने उस्को तुलनामा म कुनै पनी याङ्गलबाट कम छैन। तर मेरो मौनता र लजालुपनको फाईदा उठाउदै आज उस्ले तिमीलाई आफ्नो बनाएको थियो। उ सगँ तिमी छौ तर म सङ्ग तिम्रो लागी अथाह प्रेमको सागर छ जस्मा तिमी डुबुल्की मार्न नआएकोले बिस्तारै सुक्दै छ। यो कुनै समय बिस्फोटको संगारमा पनी पुगेको थियो तर आफ्नो इज्जत, प्रतिष्ठा र समाजको नियमको परिधिमा रहेर चल्नुपर्ने यथार्थलाई मैले नकार्न सकिन। त्यसपछि त म तिमीसङ्ग बाट भागिरहे। जब तिमी मेरो वाटोमा हिडेको देख्थे मैले आफ्नो वाटो नै बदलिदिन्थे। तिमीलाई मैले फेसबुकमा पनी बल्क गरिदिए। तिम्रो बारेमा जब साथिहरु कुरा गर्थे म ठाउँनै छोडेर हिडिदिन्थे। तिमीवाट टाढा नै रहने प्रयास गर्दै रहे। अनि विस्तारै तिम्रो यादहरु आउन कम हुदै गयो। मेरो मन भित्रको घायल पागल प्रेमी विस्तारै निको हुदै गयो। साचो प्रेम भनेको त्यस्तो हुन्छ जस्को मुख्य उदेश्य पाउनु भन्दापनि खुसि राख्नु हुन्छ। म तिमीलाई साचो प्रेम गर्थे। तिमी उ सगँ छदापनी खुसि नै देखिन्थ्यौ। तिमी त्यसरि नै मुस्कुराई रहेकी थियौ। लाग्यो तिमी खुसि देख्नु नै मेरो प्रेमको मुल मर्म हो। त्यसपछि विस्तारै फेरि म तिम्रो हासोमा हराउन थाले। आजकल तिमीबाट मलाई कुनै आशा छैन र तिमीबाट भएको निरासालाई पनी बिस्तारै मेटदै जान लागेको छु। प्राप्ती बिनाको प्रेमको महत्वनै वेग्लै हुदो रहेछ। म भित्र तिम्रो यस्तो रुप छ जस्ले मेरो साथ कहिल्यै छोडने छैन, मलाई छाडी कहिल्यै जाने छैन। म भित्रको पागल प्रेमी आजकल त्यही तिमी सगँ रमाएर बस्छ। बडा खुसि छ उ आजकल। उसलाई आजकल तिमी अरुसङ्ग हिडदा केहि फरक पर्दैन। तिम्रा ति कक्षामा छाईरहने ब्रेकअप र प्याचअपको खबरले कुनै असर पार्ने छैनन्। 
मैले तिम्रो रुपलाई कहिल्यै प्रेम गरिन र तिम्रो मनलाई मैले कहिल्यै बुझ्न्ने मौका पाईन। मलाई पहिल्यै तिमीसङ्ग प्रेम भयो त्यसैले मलाइ तिम्रो हरेक कुराहरु मन परे। तिम्रो कुरुपता पनि मलाई सुन्दरता लाग्यो। तिम्रो त्यि सानो सानो स्थनहरु, सुकेको नितम्ब अनि पुक्क उठिरहने बक्षस्थलमा म कहिल्यै आकर्षित भइन। त्यसैले तिमीमा म यौनार्कषणले गर्दा पनि प्रेममा फसेको थिइन। तिम्रो पारिवारिक पृष्ठभुमि मैले कहिल्यै जान्न पाईन। म अनविग्य छु आखिर कसरि म तिम्रो प्रेममा परे। आजकल म तिमी प्रतिको त्यो प्रेमको कारण बुझ्न्ने कोसिसमा छु। मैले धेरै प्रेमकथाहरु पढे, सुने, मध्यस्थता गरे तर मेरो तिमी प्रतिको जस्तो विचित्रको प्रेम कहि भेटिन। इतिहासमा जति पनि पवित्र प्रेमहरु भए तिनीहरु सौन्दर्यता, सच्चाई ,इमान्दारिता, सामाजिक परम्परा आदि इत्यादि कुराहरुले प्रभावित थिए। लाग्छ यस्तो विचित्रको प्रेम संसारमा कमै मात्र हुने गर्छ र यो प्रेमको भिक्टिम म भएको थिए। ईशले पृथ्विमा प्रचलनमा त्याउन खोजेको नयाँ प्रेमको प्रयोग म मा गरेका थिए होला सायद जसमा प्रेमिलाई कुनै कारण बिना अनवरत रुपमा प्रेम गर्नु पर्नै छ। उसलाई पाउनु गुमाउनुको कुनै मुल्य हुने छैन। उ उस्को एउटा सानो हासोको लागि जे पनि गर्न तयार हुनेछ। अव्यक्त रहिकन पनि उस्को प्रेम व्यक्त भएका हजारौ प्रेमकथाहरु भन्दा जिवित हुनेछ।आमा भन्नु हुन्थ्यो खप्परको माथि गुटुमुटुपरेका असङ्ख्य रेसाहरुमा हाम्रो जिवनगाथा लेखिएको हुन्छ अरे। सायद कसैले त्यहि रेसाहरुमा लेखिदिएको फिक्सन होला मेरो त्यो आशक्ति, मेरो त्यो प्रेम एकदिन म पक्कै बुझ्नेछु।





No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here