“ओइ तिमीलाई थाहा
छ, मेरो दिदीको बिहे फिक्स
भयो नि” उसले उत्साहित हुँदै
भनेकी थिइ।
“ल कति छिटै बिहे
गर्न आट्या त, पढ्दा पढ्दै।
बिचारि कति सपना थिए होलान्।“ म प्रतिकारात्मक
पारामा बोले। म उसको दिदीलाई पहिले देखी नै राम्ररी चिन्थे। पढाइमा उति सारो
जान्ने नै नभएपनि अरूको भन्दा भिन्न सोच राख्ने मान्छे भने अवश्य थिइन्। बल्ल १२
पास गरेर रिजल्ट कुर्दै थिइन्। मेरो बिचारमा बिहे नै गरि हाल्ने उमेर भने भएको
थिएन।
“दिदी आफैले भन्या
हो, बिहे गर्दिनु भनेर। अनि
दिदीले के सपना देख्नु हो। कहिले कही यसो सुत्दा देखे मात्र हो।“ यति भन्दै उ गलल्ल हाँसि। हुन पनि यी ग्रामीण
भेगमा ठूला सपना देख्ने महिला मान्छे कमै हुन्थे। घरभित्र मात्र सीमित महिलाहरूको
अवस्था लाई आधुनिक शिक्षाले खाँसै फरक पारेको थिएन। पढ्न लेख्न त स्कूले शिक्षाले
राम्रै सिकाएको थियो तर जुन रूपमा शिक्षित व्यक्तिको सरह अग्रसरता देखिन पर्ने हो
त्यसको एक रत्ति पनि मैले त्यहाँको महिलामा देखेको थिइन्।
“जिन्दगी भनेको नै
सपना त हो नि, सपनाले उदेश्य
निर्धारण गर्छ अनि उदेश्यले जिन्दगीको मार्गमा डोराउछँ। सपना बिना बाच्नु पनि के
बाच्नु।“ मैले पनि नेता जसरी
रबाफका साथ बोलेको थिए।
“सपना देख्ने
मान्छे त यात्री हुन थाहा छ। सपना पुरा गर्नको कहाँ बाट कहाँ पुग्छन्। अनि सपना
भन्ने कुरा हेर, एउटा सपनाले
मात्र तिमि जिन्दगी भर सन्तोकमा रहन सक्दैनौ। तिम्रो जिन्दगीका कुन पलमा नयाँ सपना
बन्छ भन्ने कुरा तिमीलाई नै थाहा हुँदैन। यदि सपना देख्न छोडेनौ भने जिन्दगी
सपनाको पछि भाग्दा भाग्दै बित्छ।“
“यदि सपना देख्दै
मा भाग्नु पर्छ भने सँगै भागौला नि, यात्री बनेर
जिन्दगी कटाउला।“
“यात्रा नै फरक
पर्यो भने नि। तिमि कुन बाटोमा र म कुन बाटोमा। अनि कस्लाइ रोज्छौ, मलाई या तिम्रो सपनालाई“ उसको पेचिलो प्रश्नको उत्तर म सँग थिएन।
मेरो जन्म साधारण किसान परिवारमा भएपनि मैले जिन्दगीको
लक्ष्य भने ठुलै लिएको थिए। मलाइ आफ्नो बुबा आमाको जस्तो जिन्दगी बिताउनु थिएन।
त्यसैले मैले सपना देखेको थिए। त्यो सपना जसको गन्तव्य मलाई एउटा सक्षम मानिष
बनाउनु थियो। मेरो सपनाको अर्को पाटोमा रश्मिता उभिएकी थिई। मेरो बाल्यकाल देखीनको
नै साथी थिइ। गाऊ प्राथमिक बिधालय बाट पास भएर पल्लो गाउँमा माध्यामिक पढ्न जाने
हामी दुईजना मात्र थियौ। उमेरको बृदि सँगै हाम्रो सम्बन्धले साथीको लक्ष्मण रेखा
पार गर्दै थियो। कक्षामा हामीलाई जहिल्यै नाम जोडेर बोलाउथे। पहिले पहिले लाज
लाग्यो तर पछिपछि नाम जोडेर बोलाउँदा रमाइलो लाग्न लाग्यो। पछि बिस्तारै उस्का
कुरा हरुमा म प्रतिको आकर्षण झल्किन लाग्यो। म कहिलेकाहीँ उस्लाइ साइड मार्थे मनको
कुरा बुझिन्छ कि भनेर। उ गरुङ्गो कुरा गर्न बडा सिपालु थिइ। उ मैले जिस्काइएको
स्पष्ट बुझ्थी तर प्रतिक्रिया केही जनाउथिन्। मलाइ त्यसको अर्थ उ सकारात्मक छे
भन्ने लिन्थे। म खुसी हुन्थे तर म बेखवर थिए त्यो खुसीयालीमा लुकेको मेरो जीवनको
गहिराइबाट।
केही दिन देखि उ अमित सँग अलि बढिनै हिडन थालेकी थिई।
सुरुसुरुमा त सामान्य जस्तो नै लागेको थियो तर पछि खाजा खाने बेला पनि साथै हिडन लागेका थिए। त्यो देखेर मलाई जलन
हुन लाग्यो। एक दिन फर्कने बेला मैले उसको बारेमा सोधे तर उ झर्कन लागि “म अरू सँग बोल्न नपाउने, को हौं र तिमी मेरो ? ”। “ह! म को हो उसको?” उ र म बीचको सम्बन्ध साथीको मात्र होइन भन्ने
मलाई लाग्यो। म उसलाई साथीको नजर भन्दा माथि बाट हेर्न लागिसकेको थिए। त्यो दिन
उसको र मेरो बीचमा घमासान झगडा पर्यो। मैले उसलाई मनमा उठेका सबै कुरा भने। मैले
त्यो दिन उस्लाइ आफ्नो भनेर दाबि गरे। अझ उ सँग हिँडेको देखे भने केटोलाई पिटने
धम्कि पनि दिए। हामि धर नपुगुञ्जेल मज्जाले झगडा गर्यौ। हामी बच्चा बेलामा धेरै
झगडा गर्थौ तर त्यो दिनको परिस्थिति नितान्त बेग्लै थियो।
म घर पुगेपछि गहिरिएर सोचे आखिर को हो उ मेरो। मैले उस्लाइ
आफ्नो जिन्दगी को महत्त्वपूर्ण हिस्सा बनाई सकेको थिए। उ सँगै जीवन बिताउले
अभिलाषा साँचेको थिए। मलाई लाग्यो म जस्तो उसको लागि सोच्छु उ मेरो लागी पनि
त्यस्तै सोच्छे। तर यदि मेरो सोचाइ गलत छ भने? मलाई अब आफूले
प्रेमिका नपाउनु भन्दापनि एउटा असल साथी गुमाउन सक्ने पिडाले मन बिथोल्न थाल्यो।
त्यो रात मन भरि अनेक तर्कना गर्दै म निदाए। भोलिपल्ट सधैँ जसो म रस्मीतालाई कुर्न
बसिन्। सरासर म स्कूलको बाटो तताए। मलाइ एक्लै स्कूल जान नरमाइलो लाग्यो। ती
फाँटहरूमा लहलह झुलेका धानहरू हेर्दै अनि उसका मिठामिठा गफ सुन्दै जानु को मजा
मैले उ नआउला सधैँ मिस गरिरहेको हुन्थे। म एक्लै स्कूल पुगेको केही समय पश्चात् उ
आइ। किन किन मलाई उ सँग बोल्न मन लागेन। सरहरू आए पढाए गए मेरो ध्यान पढाइ भन्दा
पनि रस्मीता प्रतिनै बढि केन्द्रित भइरह्यो। सोचे गएर माफी मागौं कि, तर मलाइ हिम्मत आइरहेको थिएन। टिफिन भयो म
सरासर गएर भर्याङ तल बसे। केही क्षण पछि रस्मीता मलाई खोज्दै त्यही आई। म आश्चर्यमा
परे। उसको मुख मलिन थियो, भर्खर कुनै मान्छे मारेर आएको अपराधीको जस्तो। उस्ले माफी मागि अनि
मैले उसलाई मैले मन पराउँछु भन्ने आफूलाई थाहा नभएको बताइ अनि आफू र अमित बीचको
सम्बन्ध पनि केही नभएको प्रस्ट पारि। उ हिँडनै लागेकी थिई मैले सोधे” के तिमि पनि मलाइ माया गर्छे” सरल जबाफ आयो “तिमिले भन्दा बढि”।
हो उ मलाइ साँच्चिकै माया गर्दी रही छे। हाम्रो
सम्बन्धले बिस्तारै रूप परिवर्तन गर्दै गयो।
हिजो आधि घण्टा लाग्ने त्यो बाटोमा हामी घण्टौ बिताउन लाग्यौ। मित्रता र
प्रेमबिचको फरक हामी त्यहाँ महसुस
गर्दै थियौ। माया त हामी पहिले पनि गर्थियौ अहिले पनि गर्छौ तर त्यि दुइ मायामा
धेरै फरक थिए। दिनहरू बित्दै गए हेर्दाहर्दे हाम्रो प्रवेशिका परीक्षापनि आउन लाग्यो। हामी प्रवेशिकाको तयारीमा जुट्न लाग्यौ। हाम्रा सँगै स्कुलजाने दिनहरूको
अन्त्य हुदैथियो। जिन्दगीले अर्कै
मोड लिदैथियो। स्कूले जीवनको अन्य हुनुको पिडा
एक ठाउँमा थियो भने आफ्ना सपनाहरूले उडान भर्न लाग्नु को रौनक अर्कै दिशामा थियो।
बिधालयबाटै सुरु भएको हाम्रो सम्बन्धले प्रवेशिकापछि झन् फक्रने मौका पायो। हामी साइन्सको
ब्रिजकोर्ष पढनको निम्ति नारायनगढको एउटा इन्स्टिच्युट जाने भयौ। हामी बिहानै छ
बजे गाडि चढेर नारायणगढ जान्थ्यौ र पढेर १२ बजे तिर धर फर्कन्थौ। सुरुसुरुमा त
राम्रै पढ्यौ तर पछिपछि क्लास झ्याउ लाग्न थाल्यो। हामी कक्षा बङ्क गरेर नारायणी
किनारमा डेट बस्न जान्थ्यौ र
तिरमै बसेर दिन काटेर फर्कन्थ्यौ। कहिलेकाहीँ फिल्म हेर्न इन्द्रदेब हल जान्थ्यौ ।हामी एक अर्काको परिपूरक बनी सकेका थियौ। हाम्रो सम्बन्धले एउटा नयाँ उचाइ चुमिसकेको थियो जुन बाट झर्न
निकै कठिन हुने वाला थियो।
प्रवेशिकाको रिजल्ट आयो। नतिजा अप्रत्याशित र अकल्पनीय थियो
जसले हाम्रो जीवनमा उथलपुथल ल्याइ दियो। म विशिष्ट श्रेणिमा
उत्तीर्ण भए छु तर रस्मीताको जम्मा
६२ प्रतिशत आएछ। रस्मीतालाई घरबाट साईन्स नपढाउने भए। उ आफै पनि त्यस कुराको लागि कर गरिन्। जिन्दगी नसोचेको रूपमा बदलि दियो। जिन्दगीको पहिलो पटक हाम्रो बाटो
छुट्टिएको थियो। हामी पहिलो पटक छुट्टाछुट्टै यात्रा गर्दै थियौ। हामीले कहिल्यै सोच्दै नसोचेको जीवन हाम्रो अघि
थियो।
उ गाउँकै कलेजमा म्यानेजमेन्टको बिहानी कक्षा पठन थालि। म फेरि नारायणगढ नै जान
लागे। बिहानै उठ्नु हिजो पढाएका कुरा हरुको हल्का अध्ययन गर्नु, खाना खानु आधि घण्टा हिँडेर बाटो सम्म
पुगेर कलेजको गाडि कुर्नु अनि कलेज बाट पढेर घर फर्कदा साँझ परिसकेको
हुन्थ्यो। मेरा दिनहरू व्यस्त बित्न
थाले। हामिबिच को भेट् पातलिन थाल्यो। कहिले कही त हामी महिनौ भेट गर्दैनथ्यौ। म नेपाली
माध्यमबाट पढेको असर महसुस गर्दै थिए। म आफ्नो अङ्ग्रेजी सुधार्ने प्रयत्नमा थिए
त्यसैले म घरबाट कमै बाहिर निस्कन लागे।
हामी बीच हुने
प्रत्येक भेटमा उ हाम्रो भेट नुहुनुको गुनासो गर्थी। उसलाई लाग्थ्यो म चाहेर पनि उसलाई भेट्न खोजिरहेको छैन। उसको र मेरो बिचारमा धेरै भिन्नता देखिन थालेको थियो। मैले
आफ्नो पढाइमा बढि समय खर्चनु पर्ने थियो र तुलनात्मक रूपमा मेरो पाठ्यक्रम उसको भन्दा जटिल थियो। उ मेरो कुरा बुझ्दिनथी र
यही कारणले उ र म बीचमा झगडा परि रहन्थ्यो। उ एकदुइ दिन रिसाउथी र पछि फेरि मान्थी।
हाम्रो सम्बन्धमा त्यसबिचमा धेरै उतार चडाब आइरह्यो। भनिन्छ उतारचडाबले प्रेममा एउटा नयाँ रङ्ग दिन्छ। हामी यी जिन्दगीका यही रङ्गहरूमा रङ्गिन
बन्दै अधि बढिरहेका थियौ।
म बाह्रको परीक्षा दिएर काठमान्डौ हिँडे। म आफ्नो इन्जिनियर
हुने सपनालाई साकाररुप दिन गइरहेको थिए। जाने बेलामा रस्मीतालाई भेट्दा मलिन मुख
लगाएर बसिरहेकी थिइ। उ सामाजिक सञ्जालमा त्यति सक्रिय थिइन्। हामी बीच संवाद हुने
माध्यम भनेको फोननै थियो। त्यो पनि उ घरका सदस्यले नदेख्ने गरि कुरा गर्नु
पर्थ्यो। बोलिरहेको बेला बीचमा कोही आइ हाल्यो भने काटि हाल्थी। मलाई त्यस्तो हुँदा
नरमाइलो लाग्थ्यो।
घरमा रस्मीताको बिहेको कुरा चल्न थालेको थियो। एउटा
अष्ट्रेलियाको एन.आर.एन को कुरा घरमा फुपूले ल्याएकी थिइन रे।
सुरुमा त मलाई कुरा खासै सिरियस जस्तो लागेन अनि मैले पनि “एन.आर.एन को बुढी हुने
भयौ ल बधाई छ, गए पछि हाम्लाई
पनि भिसा पठाइ दिनु” भन्दै जिस्काइ दिए।
उसले मलाई जिन्दगीमा अल्लि सिरिएस हुन सिक यसरी जिन्दगी चल्दैन
भन्दै हप्काइ। मेरो इन्जिनियरिङको प्रवेश परीक्षा नजिकै थियो। मलाई उसको कुरामा ध्यान दिने समय थिएन। केही दिन पछि फेरि
उसले रुँदै फोन गरि, घरमा किन बिहे
नगर्ने भनेर हप्काए रे। केटा राम्रो छ, कुल धरानको छोरो, विदेश गएर आएको र पछि बिहे गरेर दुलहीलाई पनि विदेश
लाने भएकोले यो केटो नछोड्ने
भनेर घरकाले करकाप गर्न लागे रे। मैले उसलाई मेरो बारेमा कुरा गर्न भने तर उ सिधैँ
बुबा सँग कुरा गर्न डराई र दिदी सँग कुरा गर्ने बाचा गरि। मैले साधारण सोचेको थिए हुर्के
बढेको छोरी यसो माग्न आउने र
नदिने भन्ने कुरा त साधारण नै थियो तर केटीले इच्छा विपरीत पनि घर परिवारले दबाब
दिएको देख्दा चाहिँ मेरो पारो तातेर आउन लाग्यो।
“बाबू हेर तिमी
अझै सानै छौं। तिमीलाई जिन्दगीमा धेरै माथि जानु छ। तिमि र रस्मीता फरक परिशेषमा छौं। तिमीलाई पढाई पुरा गर्न अझै पाँचसात वर्ष
लाग्ला तर उस्लाई धेरै पढाउन सक्ने अवस्था छैन हाम्रो। छोरि मान्छेको जात हो हेर
सधै माईतमै राखिराख्न सकिन्न। त्यसमाथी
तिम्रो र उस्को त पढाईनै फरक छ, अहिले प्रेममा अन्धो भएर मात्र केहि हुदैन भोली
बिहे गर्ने बेलामा धरकाले लेवल मिल्ने खोज्छन। “ यस्तै यस्तै कुराहरुले झन्डै एक
घन्टा वितायो। बिहानै रस्मीता कि दिदीको फोन आएको थियो। उसले हाम्रो बारेमा दिदीसँग
कुरा गरिछ। म मौन नै बसेरै कुराकानी सकियो। सुन्नुको शिवाय मैले केहि जवाफ फर्काउन
सकिन र फर्काउन सक्ने अवस्थामा पनि म थिईन।अकल्पनिय रुपमा मेरो जिन्दगि यस्तो
क्षणमा आइपुगेको थियो जहा मेरो जिन्दगिले आफ्नो उमेर भन्दा धेरैनै ठुलो निर्णय
लिनुपर्ने थियो। म जिन्दगिको त्यस्तो महत्वपुर्ण निर्णय लिने अवस्थामा पनि थिईन।
मलाई जिन्दगिमा धैरै कुराहरु अझै गर्नै वाकि थियो। विवाह धरजम मेरा लागि साच्चिनै
धेरै समय पछिको कुरा थियो। रस्मितालाई मैले दिनसक्ने जवाफ केहि थिएन। हो म
रस्मितालाई माया गर्थे तर मलाई भबिष्यको चिन्ता थियो सपनाको चिन्ता थियो। उस्का
मैले के गरौ त भन्ने प्रश्नको उतर म सगँ थिएन।
भोलिपल्ट केटाहरुले हेर्न आएछन र केटि मनपर्यो भन्ने
प्रतिक्रिया दिएर गएछन्। अब निर्णायक
रस्मितानै थिई। उस्लाई अनेक थरि दवाव आउन थालिसकेको थियो। त्यस्तो राम्रो केटा किन
छाडने, पछि त्यस्तो केटा कहाँ पाउछ जस्ता प्रश्नको जवाफ दिदा दिदा हैरान भए भनि
रस्मिता म सगँ गुनासो गर्थी। आजकलका पत्येक फोनकलमा उस्का शव्दभन्दा बढि आशु बग्थे। म उस्का अघि त
प्रतिक्रिया केहि जनाउथिन तर प्रत्येक उस्का आशुले मेरो मेरो ह्रदयलाई पखालि रहेको
हुन्थ्यो। म पखालिएर रङ्ग उडेको कपडासरि
भइसकेको थिए। म भित्र भित्र बाट बिषलित थिए। म राम्रो सगँ मुस्कुराउन छोडेको धेरै
भईसको थियो। खाना पनि राम्रो सङ्ग रुच्दैनथ्यो। होस्टेलमा साथीहरु मलाई देवदासको
नामले बोलाउन लागेका थिए। म आफु आफैमा थिईन। कहिले काहि मलाई आफ्नो पुरुस्वार्थ
देखिनै घृणा जागेर आउथ्यो। आफ्नो प्रेमिकाको बिहे रोक्न पनि नसक्ने पुरुषपनि म के
पुरुष। तर अर्को पाटोबाट सोच्दा मैले अहिले बिहे गर्नु भनेको जानि जानि हवनको
आगोमा फाल हाल्नु मात्र थियो। मलाई अझै
धेरै बर्ष पढनु थियो। जिन्दगिका धेरै आरोह अबरोह पार लगाउन पर्ने थियो। मलाई
जिन्दगिमा केहि छोडनुपर्ने थियो। म स्घरमा आफ्नो बिहेको कुरा गर्न या बिहे रोक्न
भन्न क्षमता म मा थिएन। अब मेरो अवस्था पालो कुरेर बसेको वलिको बोकाको सरह भएको
थियो।अब मलाई रस्मितालाई दिन सक्ने आश्वासन पनि केहि थिएन। उ पनि यो कुरा बुझ्थि।
एकदिन उस्ले फोनमा बडो आत्तिदै भनि
“धरकाले मेरो बिहे फिक्स गरिदिए। हामि बर्बाद भयौ। मलाई भगाएर लैजाउ।“ म
स्तब्ध थिए। घटना अस्वभाविक थिएन तर मलाई किन किन लागिरहेको थियो कि कहि कतै बाट
उस्को बिहे हुन्न र हामि सगैँ बस्न पाउछौ। तर अब घटना मेरो हातबाट निस्किसकेको
थियो। एक समय त लाग्यो हो उस्लाई भगाई दिउ तर भगाए पछि के गर्नु। उ पनि अपरिपक्क
थिई।म पनि अपरिपक्क थिए। हामिसगँ आम्दानिको कुने स्रोत थिएन। हामि दुबैको पढाइ
अपुरै थियो। धरकालाई मेरो खर्च धान्न त मुस्किल थोयो त्यसमाथि मैले चालेका हरेक
कदमहरुले हाम्रो र परिवारको भविष्यलाई अन्धकारमा धकेल्नुको शीवाय केहि गर्नै थिएन।
“रस्मिता तिमी मेरो कुरा किन बुझ्दैनौ हामि बिहे गर्यौ
भनेपनि हाम्रो जिन्दगि बर्बाद हुन्छ भन्ने कुरा जानि जानि किन गहिराईमा हामफाल्न
खोज्दैछौ। तिम्रो भबिष्य बिहे गरे पछि उज्वल नै छ। जिन्दगि भनेको सबै पाउनु मात्र
पनि होईन। समय र अवस्था हेरि जिन्दगिमा केहि निर्णय मुटुमाथि ढुङ्गाराखि पनि गर्नु
पर्छ। जिन्दगिमा परेको समस्या बेहोर्न सक्नु पर्छ समस्याबाट भाग्नु मात्र जिन्दगि
हिईन। माया भन्ने कुरा न जन्माएर जन्म्यो न मारेर मर्नेछ यो त प्रकृतीको त्यस्तो
अनुपम देन हो जस्ले कुनै टाढाका दुई मुटुहरुलाई जोडेर सम्बन्ध सृजना गरिदिन्छ।“
मेरा शव्द शव्द सगैँ मन पग्लिरहेको थियो,
आखाँमा टिलपिल टिलपिल गरिरहेका आशुहरु कतिखेर झर्दै कतिखेर अडिदै रातभरको
अनिन्द्राबाट आखाँलाई बचाउले असफल प्रयास
गदै थिए। उता रस्मिता पनि आशुको पोखरि भर्ने जिम्मा पाएसरि आशु बगाउदै थिई। उ रोई
म धेरै रोए। हामि रोईरह्यौँ।अन्तिममा रस्मिताको आक्रोश पोखियो “म तिमिलाई
जिन्दगिभर माया गरिरहे तिमिभने मलाई हरुसगँ विहे गर्नको लागि सम्झाउदै छौ। तिमि त
नपुङ्शक हौ हेर, मलाई भगाउने आट पनि गर्न सकेनौ। तिमीलाई म भन्दा तिम्रा सपनाहरु
ठुला रहेछन हगि। तिमिजस्तो नामर्दको स्वास्नि हुन भन्दा त त्यहि नचिनेकै मान्छेसगँ
बिहे गर्न ठिक।“ फोन काटियो। फोन सगसगै बाल्यकाल देखिको मित्रता काटियो, भरोसा
काटियो, प्रेम काटियो, बिस्श्वास काटियो । धैरैकुरा काटि त्यो फोनकल अन्त्य भएको
थियो।
म सपनाको पछि धैरै भागिरहै। गाउको साधारण स्कुलको सपना पुरा
गर्न म पारिगाउ पुगे, नारायनगण पुगे, काठमान्डौ पुगे पछि सपनाले अमेरिका पनि
पुर्योयो। यहि सपनाको बिचमा कतै रस्मिता आइ कतै बिलाई तर यस्तो छाप छोडेर गरि
जस्ले आझैपनि सन्ध्याको लालिमा, ति शितल छहारिमा, ति लहलह झुलेका धानबारिमा आफुलाई
प्रतिस्थापित गर्छ अनि मन एकपटक फेरि जल्छ ,उस्को यादमा। म सपना पुरा पुरागर्न
धेरैहिडै तर एउटा सपनाको लागि भौतारिदा अर्को सपनालाई मैले कहि छोडिदिईसको
थिए।
No comments:
Post a Comment