कुर्दा कुर्दै पालो हेर कहाँ भासियो जिन्दगि(गजल) - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Sunday, April 16, 2017

कुर्दा कुर्दै पालो हेर कहाँ भासियो जिन्दगि(गजल)

कुर्दा कुर्दै पालो हेर कहाँ भासियो जिन्दगि
सोचे सबैलाई राम्रो आफ्नै मासियो जिन्दगि

माझि झै तारिरहे अरुलाई सफलताको बाटोमा
आफुरहे जहाँको त्यहि कता गासियो जिन्दगि

सिढि समाई माथि पुर्याएका ढुङ्गा बर्साउदै छन
भलाईको प्रतिफल आखिरमा नासियो जिन्दगि

गतिशिल यो संसारको गति पक्रन नसक्दा खेरि
अरु पुगे धेरै अधि आफ्नो कहाँ टासियो जिन्दगि

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here