मेरो यो
शुन्य मगज
अनि बिस्तारै मरिरहेका सपना
जब बग्नथाल्छन दिमागमा
अनि तात्दछन ति तन्तुहरु
सक्दिन म सम्हेल्न आफुलाई
अनि सल्काउछु सलाई
बलाउछु चुरोट अनि
धुवाँ धुवाँ यो जिन्दगि।
शिरमा नाचेको धुबाको बादल
त्यहि धुँवामा कतै बिलाएको
बाबुको एउटा असल छोरा
देशको एउटा सक्षम नागरिक
आमाको बुढेसकालको बैशाखी
हिजो गाउँ छोडि सहर पस्दा
गाउँले देखेको भबिष्य
म उडाउदै छु धुवाँ सगैँ
बिस्तारै छोटिदै गएको चुरोटमा
मेटिदै गएका ति आशाहरु
धुवाँ धुवाँ यो जिन्दगि।
पहिले कसैले करमा खाए
अहिने आफ्नै रहरमा खाए
कहिले भुल्न खाए
कहिले घुल्न खाए
कहिले खिल्लि सिध्दिए
कहिले पाकेट रित्तिए
ति आमा बाका पसिनाले
पोतिएको यो चुरोटले
म आफैलाई जलाईरहेछु
आफ्नै सपना डढाईरहेछु
धुवा धुवा यो जिन्दगि।
No comments:
Post a Comment