जितेर
हैन उ
फेरी हारेर आएकी हो
मन
भित्रको राको सारेर आएकी हो
उ
विवस छे ति घृणीत कामहरु गर्न
आजपनी
कसैलाई टारेर आएकी हो
मन
थिएन सधै शिर झुकाएर बाच्ने
परिस्थितीले
यस्तै पारेर आएकी हो
सपना
त उस्का पनी गगनचुम्बी थिए
पेटभर्न
नै सपना मारेर आएकी हो
विकल्प
छैन उसित केहि बाकि अब
प्यासीसगँ
यौवन खारेर आएकी हो
No comments:
Post a Comment