नजर सगँ
नजर लडाई भाग्नेलाई तान्न सकिन
छिनछिनमै प्रेम हुने स्वभावलाई जान्न सकिन।
दिल चोरि बिक्रि गर्ने दलाल रहिछै बजारको
झट्टै गरि झट्टै छाडने त्यो प्रेमलाई मान्न सकिन।
खराब रहेछ तिम्रो नजर सबैलाई राम्रो देख्ने
मनोरंजनको लागी प्रेमी कसैलाई छान्न सकिन।
असन्तुष्ट तिम्रो आखाँ अझै प्यासी तिम्रो मन
असंयमित तिम्रो आचरणलाई धान्न सकिन।
प्रेमको गहिराई बुझ्न नपाई सतहमै नाचिरह्यौ
छाडि गयौ तिमी अरुलाई आफ्नो ठान्न सकिन।

No comments:
Post a Comment