जब सिसासरि भरोसा टुटनेछन अनि आउनेछु
जब सपनासरि साथ छुटनेछन अनि आउनेछु।
नफेर्नु तिम्ले गन्तब्य कहिल्यै नरोक्नु त्यो यात्रा
जब समुन्द्रसरि आशा जुटनेछन अनि आउनेछु।
सड़घर्षनै रहेछ जिबन आखिर बिछोड एक पाटो
जब अचानोसरि ईमान चुटिनेछन अनि आउनेछु।
गोडा नगल्दासम्म सायद गरिरहनेनै छु यो यात्रा
जब चिरासरि जमिन फुटनेछन अनि आउनेछु।
जानिजानि अन्धकारमा फाल हाल्नु छैन मलाई
जब महसरि जिन्दगी लुटनेछन अनि आउनेछु।
No comments:
Post a Comment