माथि बाटो हुदाहुदै लौन तल लस्किए म (गजल) - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Sunday, November 13, 2016

माथि बाटो हुदाहुदै लौन तल लस्किए म (गजल)

माथि बाटो हुदाहुदै लौन तल लस्किए
मनमा आगो बल्दैछ तर पनि मस्किए म।

अब सम्बन्धले नाता खोज्दैछ भित्रभित्रै
तिम्रो नाम सुन्दा आज किन झस्किए म।

दिउसै सपना देख्छु तिमी सगँको संसारमा
माथि जानु पर्ने मान्छे हेर तल खस्किए म।

तिम्रो आगमनको महसुस हुदैछ जिन्दगीमा
अर्काको उपस्थिति त्यहाँ तर चस्किए म।

नौलो गन्ध आईरहेछ आजभोलि हावामा
तागत छैन उचाई चढने तरपनि उस्किए म।

माथि बाटो हुदाहुदै लौन तल लस्किए
मनमा आगो बल्दैछ तर पनि मस्किए म।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here